जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

सरकारले जेष्ठ  नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर  मासिक ४ हजार पुर्याइएको हो।  आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।

सम्बन्धित सामग्री

मरिणका ८८ एकल पुरुषलाई भत्ता वितरण

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले बिहीबार (आज) एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा  आयोजित कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले गाउँपालिकाका ८८ जना एकल पुरुषलाई मासिक २ हजारका दरले तीन महिनाको ६ हजार रुपैयाँ वितरण गर्नुभएको हो । गाउँ सभाबाट स्वीकृत आर्थिक वर्ष २०७९।०८० को […]

सम्भावित संक्रमण बजेटमा सम्बोधन भएन : विशेषज्ञ

सरकारले स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मिर्गौला रोगी, जेष्ठ नागरिक, सुत्केरी तथा बालबालिका लागि विशेष व्यवस्थासहित बजेट विनियोजन गरेको छ ।मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । यसका लागि एक अर्ब ५० […]

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सामाजिक सुरक्षा भत्ता बाफतको रकम हिनामिना गरेको आरोपमा महोत्तरीको साविक नमुना गाउँ विकास समितिका तत्कालिन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।यादवले आर्थिक वर्ष ०६७/०६८ मा जिल्ला विकास समितिबाट जेष्ठ नागरिक, असहाय एकल महिला, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको १२ लाख ८६ हजार आठ सय रुपैयाँ हिनामिना गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।यादवले सामाजिक सुरक्षा भत्ता पाउनुपर्न

सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धालाई सकस (फोटो फिचर)

सामाजिक सुरक्षाको रकम बुझ्न बैंक पुगेका जेष्ठ नागरिक, एकल महिला र अपाङ्ता भएका व्यक्तिहरु सास्ती भोग्न बाध्य भएका छन् । सिरहा नगरपालिकाले सामाजिक सुरक्षा अन्तर्गत ८ हजार जनालाई विभिन्न ७...

काठमाडौँका वरिष्ठ ज्येष्ठ नागरिकको घरमै १२ हजार विशेष भत्ता

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि वरिष्ठ जेष्ठ नागरिकलाई १२ हजार विशेष भत्ता वितरणका लागि घरसम्मै पुग्न थालेका छन् ।  जसले आफूहरुलाई सहज भएको जेष्ठ नागरिकहरुले बताएका छन् । जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताए ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र

जेष्ठ नागरिक भत्ता ४ हजार

जेष्ठ नागरिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णर पौडेलले साे बारे जानकारी गराए।

कतिले पाउँछन् नेपालमा सामाजिक सुरक्षा भत्ता ?

काठमाडौं। नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३० लाख ६० हजार पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै सरकार गठन भएपछिको तीन वर्षको अवधिमा यस्तो भत्ता पाउनेको संख्या ५ लाख बढेको बताए। जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, अपांग, अपांग (फरक क्षमता) र एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्।

सामाजिक सुरक्षा भत्ता बढाउन स्रोतले धान्ला ?

सुमित सुवेदीहालै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८÷०७९ देखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरे । आर्थिक वर्ष २०५१÷०५२ को बजेटमार्फत पहिलो पटक नेपालमा वृद्ध भत्ताको सुरुवात भएको थियो । १ सय रुपैयाँबाट सुरु गरिएको जेष्ठ नागरिक भत्ता आर्थिक वर्ष २०७६÷०७७ सम्ममा ३ हजार रुपैयाँ पुगिसकेको छ ।२०७४ सालमा तत्कालीन नेकपाले चुनावी घोषणासभामा […]

सरकारबाट २५ लाख जनाले बुझ्छन् मासिक भत्ता

१३ जेठ, काठमाडौं । नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या झण्डै २५ लाख पुगेको छ । जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणले देखाएको छ । जसमा सबैभन्दा …