वृद्ध भत्ता १ हजार रुपैयाँले बढेर पु्ग्यो ४ हजार

काठमाडौं : चुनावी प्रतिवद्धतालाई कायम राख्दै ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार रुपैयाँ बृद्धि भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बुद्ध भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए। सामाजिक सुरक्षाको लागि १ खर्ब बिनियोजन भएको छ। सबै प्रकारका सामाजिक भत्तामा ३३ प्रतिशत बृद्धि भएको छ।