सिन्धुलीको मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा गरिएको मापनअनुसार पछिल्लो ६ घण्टा भारी भएको छ । मरिन कुसुन्तार, बागमती राइगाउँ, पधेरादोभान लगायत बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए। जसका कारण रौतहटका नदीहरुमा जलसतह बढ्दै गएको छ । आज बिहान रौतहटको बागमती नदीमा पानीको तह ६५० मिलिलिटर र बकैया नदीमा अन्दाजी ५ देखि साढे ५ फिट पानीको सतह बढेको यादवले बताए । चाँदी,झांझ, गुजरा लगायतको खोलामा समेत पानीको सतह बढिरहेको अवस्था