काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सङ्घीय शिक्षा ऐन छोटो बाटोबाट ल्याउने तयारी भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बिहीवारको बैठकमा मन्त्री पौडेलले ऐन ल्याउन ढिलो भइसकेकाले छिटो मार्गबाट ल्याउन सांसद्ले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले पूर्वशिक्षामन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै सङ्घीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले प्रारम्भिक बाल विकासका शिक्षकको विषयमा पालिकालाई पारिश्रमिक दिन मन्त्रालयले...