हेटौँडा : बागमती प्रदेशमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ कार्यान्वयन प्रक्रिया अघि बढेको छ।प्रदेश सरकारले संसदबाट पारित भएको प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई १४ चैतमा जारी गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको हो। ऐन कार्यान्वयन प्रक्रियालाई अघि बढाउन ऐनमा व्यवस्था भएअनुसार प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकसमेत बसेको छ।प्रदेशका मुख्यमन्त्री तथा परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार पहिलो बैठक बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठकले तत्काल प्रदेश