गाई-भैँसीको दूधले आमाको कमि महशुस हुन दिएन तर दाँत तिखारिँदै जाँदा मासुको तिर्सना बढ्न थाल्यो। तर छाँगाबाट तब खसे झैँ भयो जब थाहा पाएँ, मलाई अपनाउने परिवार शाकाहारी रहेछन्! लाग्यो, सधैँ दूध नै खानु छ भने नाम पाडो वा बाच्छो नराखेर किन टाइगर राख्या होला?