नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।
नेपालले आफूहरूको विचार समूह विपक्षी गठबन्धनबाट नबाहिरिने स्पष्ट गरे ।
विपक्षी ५ दलले शनिवार पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले सर्वोच्च अदालतमा दिइएको निवेदनबाट फिर्ता हुने सम्भावना नरहेको बताए ।
‘माधव नेपाल धोका दिने मान्छे होइन, हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चबाट पछाडि हट्नेवाला छैन । लोकतन्त्र जोगाउने गठबन्धनमा प्रतिबद्ध ...