कर्णाली प्रदेश सरकारले गत मंगलबार ६ सदस्यीय प्रदेश नीति तथा योजना आयोग गठन गरेको छ । जसमा उपाध्यक्ष नियुक्त भएका छन्, दैलेखका डा. पुण्यप्रसाद रेग्मी । चितवनको रामपुर क्याम्पसमा ३० वर्ष कृषि तथा अर्थशास्त्र विषयको प्राध्यापन गरेका उनले योजना र विकासमा पिएचडी गरेका छन् ।