भदौ ३१, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको दुई ओटा वाणिज्य बैंक सहित चार कम्पनीको संस्थापक शेयर आज (बिहीवार)देखि लिलामीमा आएको छ ।
प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख कित्ता संस्थापक शेयर असोज ८ गतेसम्मका लागि लिलामीमा आएको हो ।
प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. २०५, नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२१, नेपाल ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू. ८ तोकिएको छ ।
यी शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
यी शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी कम्पनीहरुको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा भदौ ३१ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विक्रीमा आएको शेयरको विवरण :
स्रोतः सम्बन्धीत कम्पनीद्वारा जारी सूचना