युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले अन्तर्राष्ट्रिय अदालतमा रुसको विरुद्धमा उजुरी ल्याएको र मस्कोको आक्रमण रोक्न आदेश दिन आफ्ना न्यायाधीशहरूको प्यानललाई अनुरोध गरिरहेको बताएका छन्। उनले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। हेगमा रहेको ‘आइसीजे ’संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत हो र यसले कुनै राज्यले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको छ वा छैन भन्ने निर्णय गर्छ। […]