गाजावासीले केही सुरक्षित ठानेको राफा शहरमा इजरायलको नजर, जमिनी आक्रमण गर्ने तयारी

अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले इजरायलमाथि गाजामा चलिरहेको सैन्य अभियानमा नरसंहारको आरोप लगाउँदै दुई नयाँ उपाय सुझाएको छ ।

सम्बन्धित सामग्री

पुष्पा र अञ्जलीप्रति मोहित पर्यटक

कोशीटप्पु (सुनसरी) चितवनबाट असोज १० गते कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएका पोथी गैंडा ४ वर्षीया पुष्पा र ३ वर्षीया अन्जलीले पूर्वेली पर्यटकलाई मोहित बनाएका छन् ।  आरक्षको कार्यालय सुनसरीमा भए पनि आरक्षले मधेश प्रदेशको सप्तरी तथा कोशी प्रदेशको सुनसरी र उदयपुर गरी तीन जिल्लालाई समेटेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक वासस्थान कोशी टप्पु चराका लागि पनि स्वर्गीय भूमि मानिन्छ । यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशी टप्पुका अधिकृत वीरेन्द्र गौतम बताउँछन् ।  उनका अनुसार अघिल्लो वर्ष कोशी टप्पुमा १२ हजार पर्यटक आएकोमा यस वर्ष गैंडाको कारण झन्डै ६ हजार थप आन्तरिक र बाह्य पर्यटक आउने सम्भावना छ । एक दिनको बाटो गाडीमा यात्रा गरेर गैंडा हेर्न चितवन पुग्ने पर्यटक अहिले कोशी टप्पुमा तानिएका छन् । हाल दुईओटा पोथी गैंडा मात्र रहेको आरक्षमा फागुनतिर एउटा भाले गैंडा ल्याउने तयारी छ । घाँसे मैदान र चरिचरनलाई दृष्टिगत गरी सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा पर्ने आरक्षको संरक्षित क्षेत्र पथरीमा तारबार गरी दुईओटा पोथी गैंडालाई प्राकृतिक रूपमै छाडिएको छ । तिनलाई बिहान ६ बजे हात्तीसँगै जंगलमा चराउन लगिन्छ । बेलुका ६ बजे आरक्षमा प्राकृतिक रूपमा तयार गरिएको सुरक्षित क्षेत्रमा प्रवेश गर्छन् ।  कोशी टप्पुबाट २०७३ मा चितवन राष्ट्रिय निकुञ्जमा १६ ओटा अर्ना लगिएको थियो । स्थानीयको विरोध हुँदाहुँदै पनि चितवन लगिएका सबै अर्ना बाघको आक्रमण र बाढीले मरेपछि त्यसको सट्टामा चितवन राष्ट्रिय निकुञ्जले आरक्षलाई गैंडा दिएको बताइएको छ । चितवनको जस्तो कोशी टप्पुमा शिकारी जन्तु बाघ र चितुवा नभएका कारण अन्य वन्यजन्तु यहाँ सुरक्षित रहने आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए ।  मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्काले कोशी टप्पुको पश्चिमी क्षेत्र सप्तरीको पथरी र जमुवामा होमस्टे रहे पनि पर्याप्त नभएको बताए । गैंडा आएपछि दिनहुँ पर्यटकको घुइँचो लाग्न थालेको छ । आन्तरिक र बाह्य दुवै पर्यटकलाई खाने बस्ने व्यवस्था गर्नुपर्ने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आरक्ष वरिपरि विभिन्न स्थानमा होमस्टे, हात्ती सफारी, जीप सफारीको व्यवस्थाका लागि आरक्ष कार्यालयमा योजना पेश गर्ने र काम अघि बढाउने खड्काले बताए ।  गैंडालाई चाहिने चरन क्षेत्र, घाँसे मैदान, बालुवा, पानीलगायतको सहज उपलब्धताले अहिले पुष्पा र अञ्जली सामान्य अवस्थामा फर्किसकेको बताइन्छ । उनीहरूलाई चितवन र कोशी टप्पुको वातावरण खासै फरक लागेको छैन । उनीहरूको आनीबानी र दैनिकी हेर्दा उक्त कुराको अनुमान लगाउन सकिने गौतमले बताए ।  सामान्यत: पोथी गैंडाले ४ वर्ष पूरा गरेपछि भाले खोज्छ । पुष्पाले ४ वर्ष पूरा गरेकाले उसका लागि भाले ल्याउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिए । उनका अनुसार पुष्पाका लागि भाले ल्याउँदा अञ्जलीलाई हान्ला कि भन्ने चिन्ता छ । अनुकूल मिलाएर भाले गैंडा ल्याउने आवश्यक तयारी भइरहेको छ ।  २०३२ सालमा स्थापना गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमीटरमा फैलिएको छ । यो क्षेत्र अर्नालगायत वन्यजन्तु र चरा संरक्षणका लागि स्थापना गरिएको हो । अर्नाको राजधानी मानिएको कोशी टप्पुमा सन् २०२१ को गणना अनुसार ४९८ अर्ना छन् । रैथाने, आगन्तुक र संकटापन्न गरी कोशीटप्पुमा ५३१ प्रजातिका चरा पाइएको रेकर्ड छ । त्यसैगरी स्तनधारी जन्तुमा १० ओटा जंगली हात्ती, १९ डल्फिन, गौरीगाई, निलगाई, चितल, लगुना, रतुवा, नीर बिरालो, वन बिरालो, महला बिरालो, दुम्सी, बँदेल, सालक, बाँदर, लंगुर, फ्याउरो, स्याल, मलसाँप्रो, मुसा, न्याउरी मुसा, मगर गोही, अजिंगर, सुन गोहोरो, घडियाल गोही र विभिन्न प्रजातिका सर्प छन् । कोशी टप्पु पक्षीको बसोवासका लागि पनि प्रसिद्ध मानिन्छ । आरक्षको तथ्यांक अनुसार यहाँ २४ ओटा खरमजुर, एउटा सानो खरमजुर, कालो भुँडीफोर र सेतो भुँडीफोर छन् ।

रूसी सेनाद्वारा युक्रेनको राजधानी कीभमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । रूसले युक्रेनको राजधानी कीभमा साेमबार क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी सेनाले बाख्मत शहरमा प्रतिआक्रमणको तयारी गरेको भन्ने जानकारी प्राप्त गरेसँगै रुसले कीभमा क्षेप्यास्त्र प्रहार गरेको हो । किएभबाट करिब साढे ५ सय किलोमिटर टाढा रहेको दोनेत्स्क क्षेत्रबाट कीएभमा क्षेप्यास्त्र आक्रमण गरेपछि युक्रेनी सेनाले सर्वसाधारणलाई सुरक्षित हुन भनेको छ । कीभमा साेमबार बिहान […]

रुसमाथि संघर्ष विराम उल्लङ्घनको आरोप, युक्रेनी भन्छन्, 'नर्क जस्तो अवस्था छ'

रुस र युक्रेनबीचको युद्द अब ११ औं दिनमा प्रवेश गरेको छ। युक्रेनको राजधानी किएवको उत्तर पश्चिममा अवस्थित शहरहरुमा रुसी सेनाद्वारा  आक्रमण जारी छ। मानिसहरु उक्त शहरहरुबाट सुरक्षित स्थानमा जान कोशिस गरिरहेका छन्। केहि मानिसहरु पैदल तथा कुनै साधन मार्फत आवश्यक सामान किन्नलाई बाहिर निस्किने प्रयास गरिरहेका छन्। केहि मानिसहरुले रुसी सेना राजधानी किएव तर्फ बढ्ने प्रयास गरिरहेको र शनिबार पुरै रात गोलाबारी जारि रहेको बताएका छन्।   इरपिन शहर होस्तोमेल विमानस्थलको नजिक रहेको छ। जहाँ केहि दिन पहिले रुसी सेनाले आक्रमण गरेका थिए। यो युक्रेनको राजधानी किएव तर्फ बढिरहेको रुसी सेनाको समुह नजिकको बाटोबाट पनि नजिक रहेको छ। संघर्षविराम उल्लंघनको आरोपयता मारीयुपोल र वोल्नोवान्खा शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा निकाल्ने प्रयास पनि असफल भएको छ। युक्रेनी अधिकारिहरुका अनुसार युद्दको दशौं दिन अर्थात शनिबार अस्थायी संघर्ष बिराम लागू गरेपनि रुसी सेनाले संघर्ष विरामको घोषणाको आधा घण्टामै आक्रमण गरेपछि त्यहाँबाट मानिसहरुलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा अवरोध आएको छ। युक्रेनले रुसमाथि मारीयुपोल र वोल्नोवान्खा शहरमा संघर्ष विरामको उल्लङ्घनको आरोप लगाएको छ। मारीयुपोलका उपमेयर संग्रेई ओर्वोवले रुसी सेनाहरुले आधा घण्टा भन्दा कम समयको लागि मात्र आक्रमण रोकेको र फेरी गोलाबारी सुरु गरेको आरोप लगाएका छन्।  बिद्यार्थी र सर्वसाधारणहरुलाई बाहिर निकाल्नको लागि तयारी अवस्थामा राखिएको बसहरुमा समेत रुसी सेनाले आक्रमण गरेको उनले आरोप लगाएका छन्। उनले भनेका छन्, 'रुसी सैनिक शहरलाई ध्वस्त बनाईरहेका छन् र युक्रेनका मानिसहरुलाई मारिरहेका छन्। हामि सडकका लाश समेत उठाउन पाएका छैनौ। युद्दमा कति मानिसहरुको मृत्यु भयो भनेर यदि मलाई सोध्नुभयो भने मलाई थाहा छैन भन्ने जवाफ दिनुपर्ने अवस्था छ। राष्ट्रपति पुटिन र रुसी सेना प्रत्येक घण्टा प्रत्येक दिन युक्रेनका शहरलाई क्षति पुर्याईरहेका छन्। यहाँ यस्तो भवन बाँकी छैन जहाँ रुसी सेनाले आक्रमण नगरेको होस्।  नर्क जस्तो अवस्था मारीयुपोलबाट बाहिर निस्किन सफल एक स्थानीयले मिडियाहरुमा त्यहाँको अवस्था नर्क जस्तो भएको प्रतिकृया दिएका छन्। मारीयुपोल युक्रेनको प्रमुख बन्दरगाह शहर हो, जसलाई रुसी सेनाले घेराबन्दीमा राखेका छन्। बितेका केहि दिनमा यो शहरमा न त बिजुली छ न त्यहाँ राम्रोसंग खाना उपलब्ध छ। त्यहाँ अति आवश्यक औषधिहरुको समेत अभाव भएको छ। त्यस्तै वोल्नोवान्खा शहरलाई पनि रुसी सेनाले धेरै क्षति पुर्याईसकेका छन्। रुसले आफ्नो सेनाहरु पुर्वको तर्फ अगाडी बढिरहेको बताएको छ। डोनबास तर्फ सेना सात किलोमिटर अगाडी बढन् सफल भएको र बाटोमा पर्ने शहर र बस्ति आफ्नो कब्जामा लिएको छ।

किभमा आक्रमण गर्ने रुसको चेतावनी, खार्किभमा १० सर्वसाधारण मारिए

किभ । रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभका वासिन्दालाई त्यहाँका विभिन स्थानमा लक्षित आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको छ । मन्त्रालयले किभ प्रविधि केन्द्रहरूमा आक्रमण गर्न लागेको भन्दै वरपरका वासिन्दालाई सुरक्षित गन्तव्यमा जान सल्लाह दिएको छ । रुसी सशस्त्र फौज सवार सवारी साधनको लस्कर निरन्तर किभतर्फ बढिरहेका छन् ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले...