बिनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । प्रहरीका अनुसार बिनयी त्रिवेणी ५ चुकाह गाउँका कमार सिंह सारु र उनका परिवारका सदस्यहरुले बिहीबार बिहान जंगली च्याउ खाएपछि बिरामी भएका हुन् । उनीहरुको जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको छ ।