अन्य दलका ५८१ कार्यकर्ता कांग्रेसमा भित्र्याउँदै गगन थापाले भने कम्युनिष्टहरु भय र भ्रम बेचेर उत्तेजना किन्ने व्यापारी हुन्
‘एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन् । उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ तर भय र भ्रम बेचेर फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुट बोल्दैछन्’
गगन थापा र विश्वप्रकाशले कांग्रेसलाई भोट माग्नु सजिलै बुझिने कुरा हो । शंकर पोखरेलले कांग्रेसलाई भोट मागिदिनु त्यति सजिलै बुझिने कुरा हैन । आधा भोट कांग्रेसलाई मागिदिनु, ५० प्रतिशत मन कांग्रेसी बनाउनु हैन र ?