जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा इम्प्याक्ट फण्ड–२ मा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबर रकम लगानी गर्ने भएको छ । डोल्मा फन्ड म्यानेजमेन्ट (डीएफएम)द्वारा प्रवर्द्धित स्वपुँजी लगानी (प्राइभेट इक्विटी) कोष डोल्मा इम्प्याक्ट फन्डमा सो रकम लगानी प्रतिवद्धतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।