विराटनगर। कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका कार्कीले यस्तो बताएका हुन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे। देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए। […]