काठमाण्डाै – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज आइतवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा...