विवाह गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढाएको छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिए ।‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष क

सम्बन्धित सामग्री

२० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्था पुनरावलोकन हुने

१ असार, काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा […]

विवाहको उमेर घटाउन कानुन संशोधन प्रक्रिया थालिसक्यौं : कानुनमन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानुन संशोधन प्रक्रिया थालिएको बताएका छन् । कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको मन्त्रीले जानकारी दिएका हुन् ।

विवाहको उमेर २० वर्ष व्यावहारिक भएन, सरकार रिभ्यु गर्दै छ : कानुनमन्त्री

काठमाडौं । सरकारले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न गृहकार्य सुरु गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यसको जानकारी गराएका हुन् ।  यसअघि, कांग्रेस सांसद पुष्पा भुसालले विवाह गरेका घटनामा समेत अपराध हुने गरेको भन्दै सरकार विवाहको उमेर १८...