फुङलिङ नगरपालिकाका उपमेयर उम्मेदवार बमबहादुर भट्टराईको योजना थियो, निर्वाचित भएको भोलिपल्टै आमालाई भेट्ने, उनैको हातबाट विजयको माला पहिरिएर शपथग्रहणमा जाने । कांग्रेससँग समीकरण र मत पनि राम्रै झरेको पाएपछि उनी आफैंले जित्नेमा ढुक्क भइसकेका थिए । जितको दिन शुभेच्छुकबाटै घेरिने भएकाले उनले भोलिपल्ट मात्र आमाकहाँ जाने योजना बनाएका हुन् ।