मनीष घाइते हुँदा खल्लो बन्यो मच्छिन्द्रको जित

काठमाडौँ : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा १० औँ चरणअन्तर्गत  शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गर्‍यो तर उसको जितको खुशी भने पीडादायी रह्यो।दोस्रो हाफमा मनीष डाँगी हेडको प्रयासमा मैदानमा लड्न पुग्दा घाइते भएपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।६५ औँ मिनेटमा मनीष डाँगी हेडको प्रयासमा च्यासलका विदेशी खेलाडी यानिक केचासँग ठोकिन पुग्दा मैदानमै लडेका थिए।केही समय अचेत बनेका उनलाई मैदानमै प्राथमिक उपचार गरेपछि होसमा आएका थिए। त्