मर्म खोलाले बगाउँदा एकजनाको मृत्यु

सल्यान : मर्म खोलाले बगाउँदा कुमाख गाउँपालिका–४ सिम्तालेका ५१ वर्षीय लीलाधर शर्माको मृत्यु भएको छ।वडा नम्बर ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर शर्मा मंगलबार बिहान बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा वडा नम्बर २ शान्तिबजारस्थित खोला किनारमा दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

सम्बन्धित सामग्री

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

धनगढी–  कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।  जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी सर्मिला तारमी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केही टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहीवार बिहान […]

खोलाले बगाउँदा एकको मृत्यु

मकवानपुरको बागमती गाउँपालिकामा खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङका ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले बगाउँदा...

खोलाले बगाउँदा किशोरीको मृत्यु

दाङ – दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। अर्का एक युवक घाइते भएका छन्। काठमडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ। त्यस्तै घोराही उपमहागनरपालिका– १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी […]

मकवानपुरमा मनहरि खोलाले बगाउँदा एक जनाको मृत्यु

१२ साउन, हेटौंडा । मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरि खोलाले बगाउँदा बुधबार दिउँसो ५८ वर्षीय जितबहादुर प्रजाको मृत्यु भएको वडा नम्वर ७ का वडाध्यक्ष उदाशकुमार भोलनने जानकारी दिए । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट घरायसी सामान खरिद गरि […]

बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम…

बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम…

डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु

डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला गरेको उनले  खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपा

खोलाले बगाउँदा वृद्धको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका ५ बज्रमाइमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छरुवा खोलाले बगाउँदा स्थानीय ७१ वर्षीय वृद्ध भुवनसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपककुमार रायले जानकारी दिए । खोला तर्ने क्रममा विहान खोलाले बगाएका उनको दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा आमाछोराको मृत्यु

दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ । स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो ।उनीहरुको शव बगाएको स्थान देखि २ किलो मिटर तल भेटिएको दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए ।