दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ । स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो ।उनीहरुको शव बगाएको स्थान देखि २ किलो मिटर तल भेटिएको दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए ।