नेकपा एमालेले निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्कीका तीन जना नेता कार्यकर्तालाई कारवाही गरेको छ । एमालेले कारवाही गरेकाहरूमा एमाले संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै संगठित सदस्य प्रशान्त आचार्य छन् । उनीहरुलाई एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति जारी गर्दै कारवाही गरेको जानकारी दिएका हुन् । पहारी र आचार्यलाई संगठित सदस्यबाट हटाउनुका साथै अर्याललाई वडा कमिटीको जिम्मेवारीबाट मुक्त र पार्टीको साधारण सदस्य समेत