ललितपुर- साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ । […]