२० भदौ, काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो । ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् […]