क्यान्सर गम्भीर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई समयमा नै पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।त्यसैले कुनै पनि अंगमा क्यान्सर हुनुअघि त्यसका सुरुवाती लक्षणहरुको बारेमा जानकारी हुन आवश्यक छ । महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । महिलाहरूमा पछिल्लो समय थाइराइड क्यान्सर पनि हुने गरेको पाइन्छ ।