अभिनेता खगेन्द्र लामिछाने दम्पत्तिलाई पुत्री लाभ

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र उनकी पत्नी रोजिना सिटौलालाई पुत्री लाभ भएको छ । उनकी पत्नी रोजिनाले बुधबार बिहान पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सम्बन्धित सामग्री

‘सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ’

अभिनेता खगेन्द्र लामिछाने पछिल्लो समय जीवन्त अभिनय गर्ने सीमित नेपाली कलाकारहरुमा गनिन्छन्। उनी अभिनय मात्रै गर्दैनन्, लेखक, निर्माता र निर्देशकसमेत हुन्। लामिछानेले काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘एक्काइसौं शताब्दीमा...

राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ : खगेन्द्र लामिछाने

अभिनेता खगेन्द्र लामिछाने अभिनय मात्र गर्दैनन्। उनी लेखक, निर्माता र निर्देशकसमेत हुन्। उनले काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’  विषयमा दिएको अभिव्यक्तिको सम्पादित अंश : म सिनेमामा काम गर्न थालेको ११ वर्ष भयो। त्यसअघि  थिएटरमा काम गर्थें। म थिएटरमा काम गर्दा सिनेमामा आफूलाई कल्पना पनि गर्दिन थिएँ ।  तर […]

नयाँ फिल्ममा सहकार्य गर्दै निश्चल, खगेन्द्र र यज्ञश

काठमाडौं । आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् । ‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट लेखन मात्र सकिएको छ,’ […]

फ्राइडे रिलिज : देशभर ‘पानीफोटो’, खगेन्द्रको अग्निपरीक्षा

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्रको निर्देशनमा यो डेब्यु फिल्म हो । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको फिल्मले बेपत्ता छोराको खोजीमा रहेको एक दम्पतीको कथा भन्छ । मल्टीप्लेक्समा सिमित शो पाएको फिल्मले सिंगल थिएटर भने राम्रो शो पाएको छ । मल्टीप्लेक्सहरुमा बुधबारबाट फिल्मको एडभान्स बुकिङ खो

‘बेपत्ताको बिम्ब पानीफोटो’

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने कुशल रँगकर्मी हुन् । दर्जन भन्दा बढी नाटक लेखेर निर्देशनसँगै अभिनय गरेका यी कलाकारका थुप्रै नाटकहरु लोकप्रिय छन् । जसमध्य उनको चर्चित एक नाटक हो ‘पानीफोटो’ । उनले यही नाटकलाई अहिले चलचित्रको रुपमा पर्दामा ल्याउँदैछन् । नाटकलाई फिल्ममा रुपान्तरण गर्नु आफैमा चुनौती हो । यसपटक उनले नै यो चुनौती रोजेका […] The post ‘बेपत्ताको बिम्ब पानीफोटो’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण

लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका  शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरु भएको उपन्यास पानीघट्ट गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको

सुरेश प्राञ्जलीको उपन्यास ‘पानी घट्ट’ लोकार्पण

काठमाडौं । लेखक सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवं अभिनेता खगेन्द्र लामिछाने, लोक गायिका शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक र यसको भाषिकाका विषयमा केन्द्रित रहेर अन्तरसंवाद समेत गरे । आप्रवासनविद् […]

टिजरमा यस्तो देखियो खगेन्द्रको ‘पानीफाटो’

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को टिजर सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यहरु समेटिएर टिजर ल्याइएको हो । १ मिनेट ३० सेकेन्ड लामो टिजरमा अभिनेता खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत लगायत कलाकारलाई देख्न सकिन्छ ।१३ साउनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म खगेन्द्रले दशक अगाडि गुरुकुलमा मञ्चन गरेको नाटक ‘पानीफोटो’ लाई नै फिल्मी रुपान्तरण दिएका हुन् । नाटक पनि उनले नै लेखेका थिए । प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि ताम

सपना पूरा गर्न निर्देशनमा होमिए : अभिनेता खगेन्द्र

अभिनेता खगेन्द्र लामिछाने एक फिल्म निर्देशन गर्ने सपना पुरा गर्न निर्देशनमा होमिएको बताएका छन् । आफ्नो निर्देशनमा डेब्यु फिल्म ‘पानीफाटो’ को एक मोसन पोस्टर सार्वजनिक गर्दै उनले शो बताएका हुन् । ‘मेरो एउटा सपना थियो कमसेकम एक फिल्म निर्देशन गर्ने । धेरैले सोध्नुभयो कलाकार र लेखक हुँदा हुँदै किन फिल्म निर्देशन गर्नुपर्‍यो’ उनले मोसन पोष्टर सहित भिडियो सन्देशमा भनेका छन्, ‘सपनाको कुनै उत्तर हुँदैन । त्यसैले ‘पानी फोटो’ निर्देशन गरेँ ।’१३ साउन