सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण

लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका  शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरु भएको उपन्यास पानीघट्ट गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको