काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अपिल गरेको छ । बुधबार काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । […]