प्रदेश सभामा स्थायी राजधानी र नामकरणबारे छलफल नभएको भन्दै ३ नम्बर प्रदेशका सांसदले आक्रोश पोखेका छन् । प्रदेशसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्ने अधिकांश सत्तापक्ष र प्रतिपक्ष सांसद्ले प्रदेशसभाबाट समिति बनाएर प्रदेश स्थायी राजधानीबारे प्रतिवेदनसमेत प्राप्त भइसकेको अवस्थामा प्रदेशसभामा भने छलफलमा नल्याइएको भन्दै उनीहरूले रोष प्रकट गरेका हुन् ।