सरकारप्रति सत्तारुढ दलकै सांसद रुष्ट : मल नपाएको र महँगी बढेकोमा आक्रोश

सत्तारुढ दलका सांसदहरु नै सरकारको आलोचनामा उत्रिएका छन् । सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महँगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचनामा उत्रेका हुन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्र