कञ्चनपुर वेदकोट–८ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

पुष्कर भट्ट/महेन्द्रनगर ।। राष्ट्रिय जनमोर्चा बेदकोट नगरपालिका वडा नम्बर ८ मा वडा भेला सम्पन्न भएको छ । अखिल (छैठौं) महासचिव महेशराज जोशीको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले पदम साउदको संयोजकत्वमा सहसंयोजक अशोक बोहरा र कोषाध्यक्षमा झिमादेवी कुँवर रहेको २५ सदस्यीय समिति गठन गरिएको प्राप्त समाचारमा जनाइएको छ । कार्यक्रममा राजमो नेता मानबहादुर टेर, गोकर्ण जोशी, नरेन्द्र साउद, जयबहादुर कार्कीलगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष अमिर कुवरले मन्तव्य राख्नुभएको सो कार्यक्रममा वडाध्यक्ष पदम साउदको अध्यक्षता, युवक प्रदेश सदस्य भूपेन्द्र भण्डारीको सञ्चालन तथा अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टको स्वागत राख्नुभएको थियो ।

सम्बन्धित सामग्री

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

काठमाडौं, ८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन् । राष्ट्रिय […]

कञ्चनपुर ३ (१) मा समाजवादीका प्रकाश रावल विजयी

कञ्चनपुर, मंसिर ८ । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश रावल निर्वाचित भएका छन्। उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले ६ हजार ८ सय ५८ मत पाए।

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका छन्। २८ हजार १०० मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मात प्राप्त गरे।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९३१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार ५१० मत ल्याए ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर, मंसिर ८ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १ सय मत पाउनु भयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत पाउनुभयो । साउद ६ हजार ४ सय ५५ मतान्तरले विजयी हुनु भएको हो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९ सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत ल्याउनुभ...

कञ्चनपुर ३ (क) का राप्रपा उम्मेदवार जोशीलाई नेमकिपा उम्मेदवार दमाईको समर्थन

कञ्चनपुर–३ को प्रदेश (१) का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्र दमाईले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् ।  दमाईले कञ्चनपुर ३ को (१) मा एमाले–राप्रपाका साझा उम्मेदवार जोशीलाई समर्थन गरेर आफ्नो उम्मेदवारी स्थगन गराएका हुन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीको पक्षमा देखिएको जन लहरलाई बल पुराउन आफ्नो उम्मेदवारी स्थगित गरिएको दमाईले बताए । यसअघि स्वतन्त्र उम्मेदवार महादेव भट्टले पनि जोशीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगन गरा

कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग

काठमाडौँ – राष्ट्रिय महिला आयोगले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलालाई धामी झाक्रीहरूले भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गर्ने दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । आयोगले हत्या जस्तो जघन्य अपराधको अन्त्यका लागि दण्डहिनताको अन्त्य गरी तत्काल घटनाको सत्यतथ्य छानबिन गरी यस्ता अपराधका दोषीलाई कानुन […]

कञ्चनपुर २ बाट एमाले महाधिवेशन प्रतिनिधि को-को ? (नामसहित)

कञ्चनपुर – नेकपा (एमाले) कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाएको छ । प्रतिनिधिका उम्मेदवारले नाम टुंगो लगाउने जिम्मा पार्टी नेतृत्वलाई दिएकोमा लामो छलफलपछि टुंगो लागेको छ । महाधिवेशन प्रतिनिधिमा सांसद नरबहादुर धामी, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह, बेदकोट नगरपालिका मेयर अशोक चन्द र जिल्ला उपसचिव रणबहादुर महराको […]

सुदूरपश्चिम यू–१९ छनोट : कञ्चनपुर, अछाम, कैलाली र बैतडी सेमिफाइनलमा

बैतडी : वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ।सेमिफाइनल समीकरण पूरा भएसँगै अन्तिम ४ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो।समूह ए बाट विजेता बन्दै कञ्चनपुर र उपविजेता हुँदै अछाम सेमिफाइनल पुग्यो भने समूह बी को विजेता बन्दै कैलाली र उपविजेता बन्दै बैतडी अन्तिम ४ मा पुगेका छन्।सेमिफाइनल खेल मंगलबार हुने स्कोरर खेमराज भट्टले जानकारी दिए।कञ्चनपुरस्थित कभर्डहल मैदानमा कञ्चनपुर र बैतडी भिड्दा,

कञ्चनपुर बेदकोटमा राजमोको टोल भेला

पुष्कर भट्ट/कञ्चनपुर ।। राष्ट्रिय जनमोर्चा बेदकोट नगरपालिका वडा नम्बर ८ को बैजनाथ टोलमा आज फागुन १० गते भेला सम्पन्न भएको छ । राजमोका ८ नम्बर वडाध्यक्ष पदम साउदको अध्यक्षता र अखिल (छैठौं) का महासचिव महेशराज जोशीको विशेष उपस्थिति बेदकोट–८ बैजनाथ टोलको २ नम्बरमा सो कार्यक्रम सम्पन्न भएको हो । भेलाले दामी कुँवरको संयोजकत्वमा सहसंयोजक रामसिंह कार्की र कोषाध्यक्षमा मानमति बम रहेको १७ सदस्यीय समिति गठन गरेको छ । अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भुपेन्द्र भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा राजमो नेता मानबहादुर टेर र अखिल (छैठौं) का महासचिव महेशराज जोशीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अखिल (छैठौं) का जिल्लाध्यक्ष महेश भट्ट, राजमो नेता नरेन्द्र साउद, जयबहादुर कार्की, युवा नेता अशोक बोहरालगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।