कञ्चनपुर बेदकोटमा राजमोको टोल भेला

पुष्कर भट्ट/कञ्चनपुर ।। राष्ट्रिय जनमोर्चा बेदकोट नगरपालिका वडा नम्बर ८ को बैजनाथ टोलमा आज फागुन १० गते भेला सम्पन्न भएको छ । राजमोका ८ नम्बर वडाध्यक्ष पदम साउदको अध्यक्षता र अखिल (छैठौं) का महासचिव महेशराज जोशीको विशेष उपस्थिति बेदकोट–८ बैजनाथ टोलको २ नम्बरमा सो कार्यक्रम सम्पन्न भएको हो । भेलाले दामी कुँवरको संयोजकत्वमा सहसंयोजक रामसिंह कार्की र कोषाध्यक्षमा मानमति बम रहेको १७ सदस्यीय समिति गठन गरेको छ । अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भुपेन्द्र भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा राजमो नेता मानबहादुर टेर र अखिल (छैठौं) का महासचिव महेशराज जोशीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अखिल (छैठौं) का जिल्लाध्यक्ष महेश भट्ट, राजमो नेता नरेन्द्र साउद, जयबहादुर कार्की, युवा नेता अशोक बोहरालगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

सहारा बनेको छोरो बाकसमा फर्किदा…

कञ्चनपुर– मुलुकभर दसैँको रौनक बढिरहेको बेला आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुबेको हो । छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि […]

इजरायल गाजा द्वन्द्व : सहारा बनेको छोरो बाकसमा फर्किदा...

कञ्चनपुर : मुलुकभर दशैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो।छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।'दीपेश पढाइमा सान

‘२० औं वर्षदेखि जनतालाई लालपुर्जा नदिनु सरकारको कमजोरी’

काठमाडौँ : सुदूरपश्चिम प्रदेशअन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिममा पर्ने गर्दछन्। भारतीय पक्षले हिउँदमा जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको पानी खोलिदिने भएकाले केही बस्ती वर्षभर डुबानमा परेका हुन्।विशेष गरी वडा नम्बर १० को कुतियाकबर, वडा नम्बर ३ को बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगरबस्ती भारतसँगै जोडिएका छन्। कुतियाकबर जोगबुढा नदी पारी छ। अहिले जोगबुढामा आउजाउ गर्न झोलुंगे पुल बनेको छ तर वर्षाको समयमा दुवैतर्फ जलमग्न

बिमा रकमका लागि श्रीमतीद्वारा श्रीमान्‌काे करेन्ट लगाई हत्या

वीरगञ्ज – बिमा रकमका लागि सप्तरीमा आफ्नै श्रीमतीले करेन्ट लगाएर श्रीमान्को हत्या गरेको खुलेको छ। सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोल बस्ने ३० वर्षीया कोशिलादेवी दासले श्रीमान् ३७ वर्षीय शिवशंकर दासको करेन्ट लगाएर हत्या गरेको खुलेको हो। कात्तिक ६ गते आफ्नै घरमा शिव कुमारको शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले घटनाबारे अनुसन्धान गर्ने […]

कञ्चनपुर र ललितपुरमा दुईजना मृत फेला

काठमाडौं । कञ्चनपुर र ललितपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बडुवाल टोल बस्ने खेमराज भट्टकी दुई वर्षीया छोरी मानसी भट्ट घर नजिकैको नहरमा र मृत अवस्थामा फेला परेकी छन् । बिहीबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । ललितपुर, ललितपुर महानगरपालिका–१६ सोठ मन्दिर मंगलबजारमा हाल नाम, थर,...

परिवारका सबैलाई बेहोस बनाई लुटपाट

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ शुभप्रभात टोल बस्ने सन्तोष पाण्डेयको घरका पाँचजनालाई विषालु केक खुवाई बेहोस बनाएर डेरामा बस्ने दुईजना व्यक्तिले लुटेका छन्।पाण्डेका घरमा तीन दिनदेखि डेरामा बस्दै आएका दुईजना भारतीय जस्ता देखिने व्यक्तिले गरगहना, मोबाइल सेट, ल्यापटप लगायतका सामग्री लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।‘डेरामा बस्दै आएकाहरूले शुक्रबार राति ११ बजे आफ्नो जन्मदिन भएको जनाउँदै घरपरिवारका सदस्यलाई केक र मिठाई ख

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ

सामाजिक अपराध न्यूनीकरण गर्नका लागि सुरक्षित चेली अभियान

कञ्चनपुरमा सुरक्षित चेली अभियान सुरु भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमकाबीच हर प्रहर, गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सुरक्षित चेली अभियान सुरु भएको हो ।जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र भीमदत्त नगरपालिकाले मिलेर संयुक्त रुपमा महिला तथा बालबालिका विरुद्ध हुने अपराधलाई न्यूनीकरण […]

कञ्चनपुर वेदकोट–८ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

पुष्कर भट्ट/महेन्द्रनगर ।। राष्ट्रिय जनमोर्चा बेदकोट नगरपालिका वडा नम्बर ८ मा वडा भेला सम्पन्न भएको छ । अखिल (छैठौं) महासचिव महेशराज जोशीको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले पदम साउदको संयोजकत्वमा सहसंयोजक अशोक बोहरा र कोषाध्यक्षमा झिमादेवी कुँवर रहेको २५ सदस्यीय समिति गठन गरिएको प्राप्त समाचारमा जनाइएको छ । कार्यक्रममा राजमो नेता मानबहादुर टेर, गोकर्ण जोशी, नरेन्द्र साउद, जयबहादुर कार्कीलगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष अमिर कुवरले मन्तव्य राख्नुभएको सो कार्यक्रममा वडाध्यक्ष पदम साउदको अध्यक्षता, युवक प्रदेश सदस्य भूपेन्द्र भण्डारीको सञ्चालन तथा अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टको स्वागत राख्नुभएको थियो ।

कञ्चनपुर दुर्घना अपडेट : मृतक तीन जनाकै सनाखत

कञ्चनपुर : भीमदत्त नगरपालिका–८ वनगाँउ भगवती टोल जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रवार बिहान स्काभेटरले अटोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मृत्यु हुनेहरुमा बैतडी देहीमाण्डौंका...