कञ्चनपुर २ बाट एमाले महाधिवेशन प्रतिनिधि को-को ? (नामसहित)

कञ्चनपुर – नेकपा (एमाले) कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाएको छ । प्रतिनिधिका उम्मेदवारले नाम टुंगो लगाउने जिम्मा पार्टी नेतृत्वलाई दिएकोमा लामो छलफलपछि टुंगो लागेको छ । महाधिवेशन प्रतिनिधिमा सांसद नरबहादुर धामी, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह, बेदकोट नगरपालिका मेयर अशोक चन्द र जिल्ला उपसचिव रणबहादुर महराको […]

सम्बन्धित सामग्री

खाना नास्ता नभएकोमा एमाले महाधिवेशन प्रतिनिधि आक्रोशित

काठमाडौं : एमाले महाधिवेशनमा खाना खाजा नदिएको भन्दै प्रतिनिधिहरुले आक्रोश पोखेका छन्। महाधिवेशनमा खाना नास्ता नपाएपछि उनीहरु आक्रोशित छन्। एमालेको महाधिवेशन हिजोसम्म चल्ने भनिए पनि पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नजुट्दा महाधिवेशन लम्बिएको छ।यसरी महाधिवेशन लम्बिएपछि उनीहरुलाई बस्न र खानको समस्या भएको गुनासो गरेका छ।  महाधिवेशन प्रतिनिधि मालती सुब्बाले दिएर खानुपर्ने मान्छे माग्दा पनि खान नपाइएको भन्दै आक्रोश पोखिन्। उनले बसेको होटलमा खान जादा टाढा हुने भन्दै खाजा खान

दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

सौराह, चितवन । नेकपा एमालेको १० महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् । शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय […] The post दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन हुने

काठमाडौँ । नेकपा एमालेले विधान अनुसार १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने भएको छ  । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभरिबाट आएका सुझावका आधारमा १०३ सिफारिस भएको बताए । सिफारिस भएका नामप्रति स्थायी कमिटी सदस्यहरूले सुझावका आधारमा मनोनयनको टुङ्गो लाग्ने एमालेले जनाएको छ । यो सहित नेकपा एमालेका महाधिवेशन प्रतिनिधि २२७९ जना हुनेछन् । जसमा महिला सङ्ख्या झण्डै ६ सय पुग्ने छ । अहिलेसम्म महिला प्रतिनिधिको सङ्ख्या ५७६ जना पुगिसकेको छ ।११ सदस्यीय अध्यक्ष मण्डल गठनएमालेले

सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

कैलाली, मंसिर १ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ महाधिवेशन प्रतिनिधि छानिएका छन् । १६ संघिय निर्वाचन क्षेत्रलाई आधार मानेर ९ जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो । १६ मध्ये १४ निर्वाचन क्षेत्रमा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा चुनाव मार्फत प्रतिनिधि छनोट गरिएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण […]

४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१  जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू च

महोत्तरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुटेन

महोत्तरी– नेकपा एमाले महोत्तरीको महाधिवेशन प्रतिनिधि चयन गर्न बसेको बैठक शनिबार पनि निष्कर्षबिहीन बनेको छ । महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच विवाद भएपछि बैठकमा सहमति जुट्न सकेन । सर्वसम्मतिमा चयन हुने अवस्था नदेखिएपछि आइतबार जिल्ला कार्यालयको बैठक बसेर निर्वाचन आयोग गठन गर्ने तयारी भइरहेको नेकपा एमाले महोत्तरीले जनाएको छ । महोत्तरीमा एमालेका लगभग १७ हजार ७ सय […]

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

मकवानपुरमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हेटौंडा : नेकपा (एमाले)को महाधिवेशनका लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छानिएका छन्।कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार बिहीबार ७३ जनाको उमेदवारी परेकोमा एकजना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन्।मकवानपुरमा एमालेको नौ हजार २६८ जना संगठित सदस्य छन्। १७ जना महाधिवेशन प्रतिनिधिका लागि भएको ७५ जनाको उम्मेदवारी परे पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट सकिएको निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र

रुपन्देहीमा एमाले महाधिवेशन प्रतिनिधि सहमतिमै छान्न प्रयास हुने

नेकपा एमाले रूपन्देहीले कात्तिक २७ गते पार्टीका महाधिवेशन प्रतिनिधि एकसाथ छनोट गर्ने भएको छ । एमाले रूपन्देहीको मंगलवार बसेको बैठकले १६ हजार ३१० पार्टी सदस्यको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्ला स्तरमा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।  एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरू र पालिका पदाधिकारी समेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्न निर्देशन समेत दिएको जानकारी दिए ।...

चार सय ६३ ले बढ्यो एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौँ – एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटिले प्रस्ताव गरेभन्दा चार सय ६३ जना बढाउने निर्णय गरेको हो। बिहीबारको स्थायी कमिटिले १५३६ जना मात्रै महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो। तर त्यसलाई सच्याउँदै अब महाधिवेशन प्रतिनिधि १९ सय ९९ तय गरिएको सचिव प्रदीप ज्ञवालीले […]