धरान : भर्खरै सम्पन्न पालिका चुनाव २०७९ बाट धरानको मेयरमा लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका हर्कराज राई अर्थात् हर्क साम्पाङ २०८२१ मत ल्याएर विजयी भएका छन्। सोमबार उनले जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलास सुवेदीबाट शपथ ग्रहण गरे। सोमबार नै उनले उपमेयर आइन्द्रविक्रम बेघासहित २० वडाका वडाध्यक्ष र वडा सदस्यलाई पनि शपथ खुवाए। मंगलबारबाट उनले पदभार ग्रहण गरे।धरानमा उनी बाहेक सम्पूर्ण जनप्रतिनिधि दलबाट निर्वाचित भएका छन्। वडा नम्बर ६ मा भने काँग्रेसले टिकट नदिएपछि बागी उठे