खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट हुम्ला शाखाका प्रमुखसहित दुई जना कर्मचारी निलम्बनमा परेका छन् । निषेधाज्ञाका बेला सरकारले खाद्यान्न विक्रीमा दिएको छुट नपाएको गुनासो सम्बन्धमा गरिएको छानविन प्रतिवेदनले छुटमा खाद्यान्न विक्री गरेको प्रमाण नभेटिएको प्रतिवेदन बुझाएपछि थप छानविन गर्नका लागि कर्मचारीलाई ९० दिनका लागि निलम्बन गरिएको हो ।
लिमिटेडका विक्री विभागका प्रमुख भीम थापाका अनुसार छानविन टोली जिल्लामा पुगेर अध्ययन गर्दा २० प्रतिशत छुटको खाद्यान्न विक्री गरेको प्रमाण कतै नभेटेको प्रतिवेदन दिएकाले कार्यालय प्रमुख निर्मल थापा र नायव सुब्बा भरत