१७ वैशाख, दाङ । दाङमा सात जना पालिका प्रमुखसहित २१० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज (जैसी) पाण्डेय र घोराहीको मेयरमा उम्मेदवारी दिएका श्रीमन न्यौपाने जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तुलसीपुरमा उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट बागी उमेदवारी दिएकी मनकुमारी महत उमेदवारी फिर्ता लिएकी छन् । […]