वीरगञ्ज– मालपोत कार्यालय पर्साका दुई तत्कालीन प्रमुखसहित चार जनाबिरुद्ध मंगलबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको छ। राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले मंगलबार मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको हो। ०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार […]