यसकारण बन्द हुन सक्छ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराको उडान

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिष्य विमानस्थलबाट कुवेतको जजीरा एयरवेजले व्यवसायिक उडान सुरु गरेको छ । तर, उडान नियमित गर्न सकिनेमा कम्पनी नै विश्वस्त छैन । किनकी सुरुवाती चरणमा भएको उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मात्रै बोक्नु परेको छ ।यसका लागि भैरहवामै विदेश जानेहरुका लागि श्रम स्वीकृतिको व्यवस्था छैन । काठमाडौँ आएर श्रम स्वीकृति लिएकाहरुलाई फेरि भैरहवा लगेर जहाजमार्फत श्रम गन्तव्यमा पठाउनुपर्ने बाध्यता छ । भैरहवाबाटै श्रम स्वीकृती दिने व्यवस्था नभए केही समयमै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराले उडान बन्द गर्न सक्नेछ ।बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जजिरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेण्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले यस्तो संकेत गरिसकेका छन् । ‘एक महिना बाटो हेर्छौँ’सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले सधैं काठमाडौँबाट यात्रुलाई भैरहवा लगेर अन्तराष्ट्रिय उडान सम्भव नहुने बताईसकेका छन् । उनले भैरहवामै यात्रु उपस्थित हुने वातावरण श्रम मन्त्रालय र नागरिक उड्ययन मन्त्रालयले मिलाउनुपर्ने सिंहको भनाई छ ।‘अहिले ७५ हजार रुपैयाँ बस भाडा खर्च गरेर काठमाडौँबाट यात्रुहरुलाई भैरहवा लगेर उडान सुरु गरेका छौँ, सधैँ काठमाडौँबाट बोकेर यात्रुलाई भैरहवा लगेर त्यहाँबाट अन्तराष्ट्रिय फ्लाईट गराउने भन्ने कुरा सम्भव हुँदैन’ उनले भने, ‘भैरहवाबाटै श्रम स्विकृती दिने व्यवस्था मिलाए सधैँ काठमाडौँबाट यात्रु बोकेर भैरहवा पुग्नुपर्ने बाध्यता हुँदैनथ्यो, त्यसैले भैरहवाबाटै श्रम स्वीकृतिको व्यवस्था गरिदिन हामीले श्रम मन्त्रीलाई भनेका छौँ ।’ट्राभल कम्पनीले काठमाडौँमा आएर श्रम स्वीकृति लिएकालाई हाल गाडीमार्फत भैरहवा लैजादै आएकोमा अब विमानमार्फत लैजाने विषयमा पनि छलफल गरिरहेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको व्यवसायिक आधार तयार पार्न र कम्तीमा ‘अपरेशन कष्ट’ पूर्ति गर्न १ महिनासम्म काठमाडौँबाट यात्रु लगेरै उडान गर्न आफूहरु तयार रहेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहको भनाई छ ।‘हामी एक महिना काठमाडौँबाटै यात्रु बोकेर लगेर भएपनि उडान गर्न तयार छौँ, तर एक महिनाभित्र भैरहवामै श्रम कार्यालय राखेर त्यहीँबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन श्रममन्त्रीसँग कुरा राखेका छौँ’ सिंहले थपे, ‘श्रम मन्त्री सकारात्मक नै देखिनु भएको छ, उहाँले भैरहवाबाट श्रम स्विकृति दिने व्यवस्था सुरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’ ‘नेपाल सरकारले बचन पूरा गरे दैनिक उडान गर्छौँ’जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले पनि पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र अन्य सरोकारवाला निकायले बचन दिए अनुसारको सहयोग गरे भैरहवाबाट दैनिक १ उडान गर्न कम्पनी तयार रहेको बताएका छन् ।गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यवसायिक उडान सुरु गरेको जजीराले हाल सोमबार, बुधबार र शुक्रबार गरी सातामा ३ उडान थालेको छ ।तर, १ महिनाभित्र भैरहवाबाटै श्रम स्वीकृतिको प्रवन्ध नभए जजीराको उडान कायम नरहन सक्ने संकेत एयरलाइन्सका प्रतिनिधि र जजीरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेण्टका प्रतिनिधिले गरिसकेका छन् ।

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलमा उडान संख्या बढाउन पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग

२ पुस, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन यस विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग निजी वायुसेवा कम्पनीहरुले गरेका छन् । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउने सम्बन्धमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका वायुसेवा कम्पनीले वायुसेवा कम्पनीसँगै पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग गरेका […]

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।...

लुम्बिनी आएका मोदीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन प्रयोग गरेनन् ?

आज बुद्ध जयन्ती । बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आईपुगेका छन् । बुद्धको नाममा नामाकरण गरिएको भैरहवास्थित नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पनि आज बुद्ध जयन्तीकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।गौतमबुद्ध विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बीचको दूरी करिब १५ किलोमिटर छ । तर, भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा भैरहवा विमानस्थलमार्फत नभई सिँधै हेलिकप्टरमार्फत लुम्बिनी ओर्लिए ।भारतको राजधानी दिल्लीबाट उडेका मोदी नेपालको भैरहवाबाट २ सय किलोमिटर टाढा पर्ने भारतको उत्तर प्रदेशस्थित कुसीनगर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आए । मोदी किन गौतमबुद्ध विमानस्थलमा ‘ल्याण्ड’ भएनन् ?भारतीय विदेशसचिव विनय मोहन क्वात्राले शुक्रबार दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री मोदी नेपाल जाँदा र आउँदा कुसिनगर विमानस्थल भएर ओहोर दोहोर गर्ने जनाएको बताइन्छ । भारतीय सञ्चारमाध्यमले मोदीको भ्रमण रुट सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर तय गरिएको पनि बताउने गरेका छन् । यति मात्रै नभई, भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेको विमानस्थल भएकोले भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ जाने कार्यक्रम नबनाएको ‘हल्ला’ पनि गर्न भ्याएका छन् ।तर, नेपाली अधिकारीहरू भने मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायु सेवाको जहाज नै गौतमबुद्ध विमानस्थलमा आएकाले यसमा अनेक शंका गर्न आवश्यक नरहेको बताउँछन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्ण गौतमबुद्ध विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणअघि सुरक्षा बन्दोबस्तीका सामग्री बोकेर दिल्लीबाट भारतीय वायु सेवाको विमान आएकोले चीनको लगानी भएकै कारण भारतीय प्रधानमन्त्रीले यो विमानस्थल प्रयोग नगरेको भन्ने हल्ला अनावश्यक भएको बताउँछन् ।‘मोदीले यो विमानस्थल प्रयोग गरेको भए हवाई रुट पाउन सकिन्थ्यो’ गौतमबुद्ध विमानस्थलको लागि भारतले आफ्नो आकाश हुँदै सीधा हवाई रुट दिएको छैन । नेपालको तर्फबाट झण्डै ४ वर्ष अघिदेखि यो विषय उठिरहेको छ । भारतले मौखिक रुपमा हवाई रुट दिन आफू तयार रहेको बताएपनि निर्णय गरेको छैन । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ‘भारतीय प्रधानमन्त्री मोदीले गौतमबुद्ध विमानस्थल प्रयोग गरेर लुम्बिनी आएको भए भारतले चाँडै हवाई रुट दिने कुरामा विश्वास गर्न सकिन्थ्यो’ भन्छन् । तर, यसका लागि सरकारले पर्याप्त पहल नगरेको उनको आरोप छ । ‘एकातिर हवाई रूट दिएको छैन, आफूले रुट नदिएको एयरपोर्ट प्रयोग गर्दा यसबारे पुनः कुरा उठ्यो भने के जवाफ दिने भनेर पनि भारतीय प्रधानमन्त्रीले अहिले यो विमानस्थल प्रयोग नगरेको हुनसक्छ’ ज्ञवालीले भने, ‘यसो हुनुमा नेपाल सरकारले पनि पर्याप्त पहल नगरेको देखिएको छ, आवश्यक पहल गरेर भारतीय प्रधानमन्त्री मोदीलाई गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी लैजाने प्रवन्ध मिलाउनु पर्थ्यो, गौतमबुद्ध विमानस्थललाई हवाई रुट दिलाउन यो महत्वपूर्ण पहल हुन्थ्यो, यो अवसर सरकारले गुमायो ।’ यद्यपी, बौद्ध धर्मका जानकारहरु भने भारतले नेपालको लुम्बिनीलाई नभई भारतको कुसीनगरलाई बौद्ध सर्किटको केन्द्रबिन्दु बनाउन चाहेकाले मोदीले गौतमबुद्ध विमानस्थललाई वेवास्ता गर्दै भारतकै कुसीनगरको विमानस्थललाई आफूले प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको बताउँछन् ।

गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलमा बाइडबडी जहाज अवतरण

बुटवल । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि नेपालमा अर्को अन्तराष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्ण रुपमा संचालनमा आएको छ । बिहिबार साझ भैरहवास्थित विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेसंगै यसले पुर्णता पाएको छ । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतबद्ध अन्तराष्ट्रिय बिमानस्थलमा वाइडबडी ए–३३० जहाज अवतरण गरेको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम […] The post गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलमा बाइडबडी जहाज अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बजेट नरोक्न पूर्वमन्त्री पौडेलको आग्रह

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग गर्नुभएको हो । उहाँले त्यसका लागि नेपाल सरकारले काउण्टर पार्ट फण्ड व्यहोर्ने गरी गरेको निर्णय रद्द नगर्न, एसियाली …

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ५५ प्रतिशत काम सम्पन्न

काठमाडौं : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ। निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाइनाबाटै ल्याएका मजदुरबाट निर्माणको काम भइरहेको छ। कालोपत्रे गर्नका लागि मात्रै...