बुवाआमाको आशा भरोसा र बुढेसकालको सहारा छोराछोरी नै हुन्छन् । उनीहरुकै आँखामा बुवाआमाले सपना देख्छन् र बुन्छन् रहरका तानाबाना । तर जब कमाउन हिँडेका छोराहरु सम्पर्कविहीन भइदिन्छन् अनि सपना मात्र टुट्दैनन् आशाको दियो पनि निभ्छ ।
इलामका रुपबहादुर बिक र उहाँकी श्रीमती सावित्राको अवस्था पनि यस्तै छ । कमाउन परदेश हिँडेका दुई छोरा डेढ दशक भइसक्दा पनि घर फर्केका छैनन् । पछिल्लो ६ वर्षदेखि त कुनै सम्पर्क नै छैन । छोराहरु के हालतमा छन् केही थाहा छैन । परदेशमा कमाउँछु भनेर मलेसिया गएका जेठो छोरा टेकबहादुर र भारत गएका माइलो छोर...