लमजुङमा सम्पन्न उपनिर्वाचनका उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । मंसिर १४ मा सुन्दरबजार नगरपालिका २ को वडाअध्यक्ष पदका लागि उम्मेदवार बनेका सबै उम्मेदवारहरुले चुनावी खर्च बुझाउन आनाकानी गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा चुनावी खर्च बुझाउनुपर्ने भए पनि हालसम्म कुनै पनि उम्मेदवारको खर्च विवरण नआएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो ।