पर्वत : गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका पर्वतका ३० जना उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण पेस नगरेको पाइएको छ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्छ। निर्वाचनमा जित हासिल गरेका उम्मेदवारहरूले विवरण पेस गरेको भए पनि पराजित बनेका उम्मेदवारहरूले खर्च विवरण पेस गर्न बेवास्ता गरेको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय पर्वतले खर्च विवरण पेस गर्न भन्दै पटक&n