लमजुङ । गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताए ।