प्रभावित क्षेत्रका जनतालाई सेवा दिन भेरी किनारमा नयाँ कार्यालय
राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिंचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको छ।...
कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गरेका छन् ।
कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा आएको सेवा कार्यालयबाट बिलबुक नवीकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट इजाजत लगायतको सेवा दिइने छ ।
सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री ...
४ फागुन, बुटवल । कपिलवस्तुको सदरमुकाम तौलिहवामा लुम्बिनी यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गरेका छन् । कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी […]
सुर्खेत : कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतले अत्यावश्यकबाहेका सेवा बन्द गरेको छ। कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।कर्मचारीलाई संक्रमण भएपछि कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सेवा माघ २१ गते स्थगत गरेको जनाएको छ। सूचना अनुसार कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवा स्थगन गरिएको छ।दैनिक प्रशासनिक कार्यलगायत अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित काम भने जारी रहने कार्यालय प्रमुख
जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ । कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।
कार्यालय प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएपछि खोटाङको ईलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि बुधबारदेखि ईलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको ईलाका प्रशासन कार्यालयले जनाएको छ । खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारस्थित ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालि
बनेपा, १४ मङ्सिर: इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरु कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो । जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन […]
लमजुङका उद्योगी व्यवसायीहरुको सहजताका लागि लमजुङ उद्योग वाणिज्य संघले सेवा कार्यालय स्थापना गरेको छ । आयकर तथा लेखा व्यवस्थापन सम्बन्धी सेवाग्राहीलाई सहजताका लागि संघले सेवा कार्यालय स्थापना गरेको हो ।सोमबार एक कार्यक्रमकाबीच आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालय लमजुङका प्रमुख लेखनाथ रेग्मीले संघले स्थापना गरेको सेवा कार्यालयको उद्ध्घाटन गरेका हुन् ।कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रेग्मीले […]