लमजुङमा सेवा कार्यालय स्थापना

लमजुङका उद्योगी व्यवसायीहरुको सहजताका लागि लमजुङ उद्योग वाणिज्य संघले सेवा कार्यालय स्थापना गरेको छ । आयकर तथा लेखा व्यवस्थापन सम्बन्धी सेवाग्राहीलाई सहजताका लागि संघले सेवा कार्यालय स्थापना गरेको हो ।सोमबार एक कार्यक्रमकाबीच आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालय लमजुङका प्रमुख लेखनाथ रेग्मीले संघले स्थापना गरेको सेवा कार्यालयको उद्ध्घाटन गरेका हुन् ।कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रेग्मीले […]

सम्बन्धित सामग्री

तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली (तनहुँ), १९ चैत । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा […]

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना

१ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । कार्यालयले बुधबारबाट सेवा शुभारम्भ गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जानकारी गराएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यालयको उद्घाटन गरेकी हुन् । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज […]

कार्यालय स्थापना भएको ३ वर्षपछि काम सुरू

रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको ३ वर्षपछि कार्यालयले आइतबारबाट सेवा सुरु गरेको हो । कार्यालय स्थापना भएपनि जनशक्ति अभावमा कार्यालयले सेवा...

आठबिसकोटमा नापी र मालपोत कार्यालय स्थापना

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको कार्यालयबाट सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो आएपछि आठबिसकोट नगरपालिका लागि छुट्टै नापी र मालपोत कार्यालय स्थापना गरिएको हो । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले आठबिसकोटमा आयोजित एक कार्यक्रमका बीच नापी र मालपोत कार्यालयको उद्घाटन गरे ।कार्यक्रममा बोल्दै […]

दुई औद्योगिक कोरिडोरमा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना

काठमाडौँ,८ भदौ । औद्योगिक कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको छ । औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना गरिएको शाखा कार्यालयको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा उद्घाटन गरे […]

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

सप्तरी स्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो  कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रुपमा शुभारम्भ गरे । कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठ स्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिए ।प

सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना

बागमती प्रदेश सरकारले सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना गरेको छ । यातायात क्षेत्रको सेवालाई विस्तार गर्न र सेवा ग्राहिको सुविधाको लागि प्रदेश सरकारले खुर्कोटमा यातायात कार्यालयको स्थापना गरेर सेवा शुभारम्भ गरेको हो ।प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहालको पहलमा सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नम्बर–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री दाहालसहित मन्त्रालयका सचिव नेत्र सुवेदीसहितको टिम आफै पुगेर ना १ ज

नेपालमा बोसको सम्पर्क कार्यालय स्थापना

काठमाडौं (अस) । अटोमोबाइल सम्बन्धी प्राविधिक सेवा प्रदायक कम्पनी बोसले काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । भारतमा करीब १०० वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय स्थापना गरेको हो । उक्त कार्यालयबाट अटोमोटिभ पार्टपुर्जा, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लायन्सेस सेग्मेन्टका वस्तु तथा सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ११ सर्भिस पार्टनर र २५ कर्मचारीको साथमा सन् २०२४ सम्ममा आफ्नो विक्री तेब्बरले बढाउने लक्ष्यका साथ नेपाल प्रवेश गरेको कम्पनीले दाबी गरेको छ । हाल नेपालमा १ हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने तयारी कम्पनीले गरेको छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले सम्पर्क कार्यालय स्थापना भएसँगै चाँडो सेवा दिन आतुर रहेको बताए । ‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रसिद्ध मुलुक नेपालमा सेवा शुरू गर्ने पर्खाइमा छौं,’ उनले भने । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयमार्फत सार्क सदस्य मुलुकसँग सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको उनको भनाइ छ ।

कामना सेवाको क्षेत्रीय कार्यालय स्थापना

कामना सेवा विकास बैंकले रूपन्देहीको बुटवल उप–महानगरपालिका–६ पुष्पलाल पार्कस्थित शाखा कार्यालय रहेको भवनमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ।...