काठमाडौँ– सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाइ (सस्टेनेवल वास फर अल) आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन (करिब १ अर्ब ३७ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका […]