एकीकृत समाजवादीमा १० सांसदले गरे ‘विद्रोह’, ‘मन्त्री फिर्ताको निर्णय नमान्ने’

काठमाडौं, असार १०। नेकपा (एकिकृत समाजवादी) का १० सांसदले मन्त्रिपरिषद्‌ हेरफेरविरुद्ध पार्टी कार्यालयमा असन्तुष्टि पत्र दर्ता गराएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले आज बिहान १० बजे पार्टी कार्यालय आलोकनगर पुगेर असन्तुष्टि पत्र दर्ता गराएका हुन् । पार्टीलाई बुझाएको उक्त पत्रमा बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व भएको उल्लेख गरिएको […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले भाँडभैलो

काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण […]

पार्टी निर्णय नमान्ने मन्त्री एकीकृत समाजवादीमा रहँदैनः जगन्नाथ खतिवडा

काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नै हुने काम गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “यो तनाव सिर्जना गर्न देउवाजी किन लाग्नुभयो, मैले बुझेको छैन । आआफ्नो व्यवस्थापन दलहरु आफैं […]

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो । नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। […]

एकीकृत समाजवादी पर्वतका जिल्ला सचिव लामिछाने एमालेमै फर्किए

पर्वत : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पर्वतका जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने नेकपा (एमाले)मै फर्किएका छन्। एमालेका नेता लामिछाने माधव समूहले नयाँ पार्टी गठन गरेसँगै एकीकृत समाजवादीमा लागेका थिए।आफू आबद्ध रहेको एकीकृत समाजवादी राष्ट्रियताको पक्षमा कमजोर रहेको आरोप लगाउँदै उनी एमालेमा फर्किएका हुन्। तत्कालीन एमालेभित्र केही मुद्दामा आफ्नो असहमति रहे पनि अहिले पुनः एमाले नै रोजाइमा परेको भन्दै पूर्वपार्टीमा नै फर्किने निर्णय गरेको लामिछानेको भनाइ छ। एकीकृत समाजवादी सत

एमसीसीका कारण एकीकृत समाजवादीमा विवाद चुलियो, सचिवालय बैठक बोलाईयो

काठमाडौं, ९ फागुन। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा विवाद चुलिएको छ। एमसीसीको कारण पार्टीका नेताहरुले फरक फरक अभिव्यक्ति दिन थालेपछि अध्यक्ष नेपालले आज सचिवालय बैठक बोलाएका छन् । सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबुल गर्न दिनेबारे पार्टीमा कुनै निर्णय नभएको अवस्थामा अध्यक्ष नेपालले कसरी गठबन्धनको बैठकमा सहमति गरे ? भन्दै प्रश्न उठाएका छन् […]

एमालेको कैलाली जिल्ला समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षले गठन गरेको एमालेको कैलाली जिल्लास्तरीय समानान्तर कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।नेकपा एमालेभित्र शक्ति संघर्षका क्रममा गठन गरिएको समानान्तर कमिटी शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो । धनगढीमा बसेको एमाले समानान्तर कमिटीको बैठकले सो कमिटीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव बिमल जोशीले रातोपाटीलाई जानकारी दिए ।एमालेका निर्वाचित जिल्ला अध्यक्ष दीर्घ सोड

पर्सामा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।बालगोपाल थापाको नेतृत्वमा रहेको पर्सा समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । एमाले पर्सा जिल्ला सचिवालयको बसेको बैठकले सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष बालगोपाल थापाले जानकारी दिए ।एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले एकीकृत समाजवादीको नवगठित पर्सा जिल्ला कमिटीको सपथ ग्

वाग्मतीमा एमालेका १२ सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री शाक्य अल्पमतमा

मकवानपुर – वाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १२ जना प्रदेश सभा सदस्यले आज मङ्गलवार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । निर्वाचन आयोगले यही भदाै २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ । वाग्मतीमा १२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । उहाँले अब एक महिनाभित्र ...

एमाले मोरङ समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर : माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ।एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफा

एकीकृत समाजवादीमा लागेका नेताहरूलाई निष्कासित गर्ने एमालेको निर्णय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका नेताहरूलाई निष्कासित गर्ने निर्णय गरेको छ । बैठकले नयाँ पार्टीमा लागेकाहरूलाई पार्टी अभिलेखबाट हटाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । गल्ती महसूस गरेर पार्टीमा फर्किन चाहनेहरूका लागि ढोका खुला रहेको समेत प्रवक्ता ज्ञवालीले बताए ।