काठमाडौं, २१ पुष । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको हेरफेर गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार राजश्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ भने अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए भने राया उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए। यस्तै, बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। […]