विराटनगर महानगरपालिकामा महानगर आवास परियोजनाअन्तर्गत १ सय ४५ घरधुरी सुकुम्बासीका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । विराटनगर–१२ मल्हनमास्थित केसलिया खोलाको किनारमा बन्ने परियोजनाको बुधबार कांग्रेसका नेता शेखर कोइरालाले शिलान्यास गरेका छन् ।
काठमाडौँ,८ पुष । सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ । यहाँ स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । उनले भने, “पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई […]
सरकारले तेह्रथुमसहित धनकुटा, संखुवासभा र भोजपुरमा चालू आथिक वर्षमा ५ सय ७० वटा घर निर्माण गरिरहेको छ । यी चार जिल्लाका सबै स्थानीय तहमा पर्ने गरी सरकारले दलित, लोपोन्मुख तथा सीमान्तकृत जातिका लागि घर निर्माण थालेको हो । आगामी आवमा पनि सरकारले यी चारवटै जिल्लाका स्थानीय तहमा ५ सय ६५ वटा घर निर्माणका लागि वडा […]
मुगु – जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन्। ७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका […]
मकवानपुर – गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर […]
काठमाडौं : काठमाडौंको किलागलस्थित गणेश मन्दिर नजिकैको किसी गल्लीमा एउटा पुरानो कलात्मक घर छ। जुन घरको बुट्टाले भरिएको झ्याल ढोका मक्किएका छन्। कुनै मकिने क्रममा छन्। घरको भित्ताका कुनै वाल झरिसकेका छन् त कुनै ठाउँका भित्ता चिरा परेका छन्। रङरोगन खुइलिसकेको छ। त्यही घर हो स्वरसम्राट नारायण गोपाल(गुरुवाचार्य) काे। वि.सं. १९९६ मा त्यही घरमा बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको कोखबाट नारायण गाेपालकाे जन्म भएको थियो। संरक्षणकाे अभावमा अहि
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो ।ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ । कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ । गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ
डोटी – वर्षौंदेखि घर र जमिन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमिन खरिद गरेर घर निर्माण गर्न सुरु गरेको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका -४ मा सरकारी जसमनमा बस्दै आएका वादी समुदायका भूमिहीन सात परिवारकालागि अब घर बन्ने भएका छन् । नगरपालिकाले कार्यविधि बनाएर ती सात परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २/२ कोठे घर पनि निर्माण गर्नका लागि शिलान्यास गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । दुई कोठे सात घर निर्माणका लागि ४१ लाख ४९...