काठमाडौं उपत्यकामै विप्लवको कम्युन घर बन्दै

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो ।ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ ।  कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ । गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ

सम्बन्धित सामग्री

निजीक्षेत्रले पनि ‘ल्यान्ड पुलिङ’ गर्न पाउनुपर्छ : भेषराज लोहनी

काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले एकीकृत जग्गा तथा आवास विकासका लागि निजीक्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता औंल्याएका छन् । हालसम्म सरकारले मात्रै ल्यान्ड पुलिङ गरेर जग्गा तथा आवास विकास गर्दै आएको छ ।  निजीक्षेत्रले ससाना टुक्रामा मात्रै काम गर्दै आएको तर बस्ती विकास र शहरीकरणका लागि यो पर्याप्त नहुने आर्थिक अभियानसँगको कुराकानीमा उनले बताए ।  निजीक्षेत्रले पनि ल्यान्ड पुलिङ गर्न सक्ने ऐन आए सरकारी आयोजनाले जस्तै निजीक्षेत्रले पनि ठूला योजना सम्पन्न गर्न सक्ने उनको भनाइ छ । भैंसेपाटी, पेप्सीकोला ‘टाउन प्लानिङ’ जस्ता योजना निजीक्षेत्रले समेत गर्न सक्ने भन्दै अब बन्ने नयाँ शहरमा व्यवस्थित शहरी योजनाको काम गर्ने भए सरकारले नीतिगत सुधार गर्नुपर्ने उनले बताए । एक दशकदेखि अल्झिएको शहरी विकास ऐन ल्याउनुपर्नेमा पनि उनले जोड दिए । संसारमा धेरै वर्ष पहिले नै ल्यान्ड पुलिङको अवधारणाबाट ठूलठूला शहर बनेको तर नेपालीको ‘माइन्ड सेट’ नै खुद्रे भएको उनले बताए । ‘अब बन्ने नयाँ शहरमा व्यवस्थित टाउन प्लानिङको काम गर्नुपर्छ त्यसका लागि सरकारी तहबाट नीतिगत सुधार हुन जरुरी छ,’ लोहनीले भने ।  पछिल्लो समय घरजग्गा व्यवसाय निकै खस्केको उनले बताए । आर्थिक वर्ष (आव) २०७७/७८ मा ७१ अर्ब रजिस्ट्रेशन र लाभकरबाट उठेकोमा २०७९/८० मा घटेर ४१ अर्बमा सीमित भएको उनले बताए । ‘समग्र कारोबार हेर्दा आव २०७९/८० मा झन्डै साढे ७ खर्ब रुपैयाँको कारोबार भएको छ । आव २०७७/७८ झन्डै १२ खर्बको घरजग्गा कारोबार भएको थियो,’ उनले भने । शेयरबजारमा जस्तै घरजग्गा कारोबारमा पनि ‘रियल इस्टेट मार्केट’ प्रणाली भए यो व्यवसाय मर्यादित हुने उनको भनाइ छ । ‘घरजग्गा कारोबार गर्दा बिचौलियाले पाउने ५० अर्ब रुपैयाँ जति कमिशनको कुनै लेखाजोखा छैन । त्यसको राजस्व गुमिरहेको छ,’ उनले भने ।  घरजग्गा कारोबार रोकिँदा राष्ट्र बैंकको प्रक्षेपणअनुसार कर्जा प्रवाह हुन नसकेको उनको तर्क छ । आव २०७९/८० मा राष्ट्र बैंकले १३ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने प्रक्षेपण गरेकोमा ३ दशमलव ८ प्रतिशतमात्रै प्रवाह भएको तथ्यांक छ ।  सहकारी र बैंकबाट कृषिको नाममा गएको कर्जा पनि घरजग्गामा उपयोग भयो भन्ने तर्कप्रति असहमति जनाउँदै उनले राष्ट्र बैंकले कुल कर्जाको २५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न सक्ने व्यवस्था गरे पनि उक्त सीमामा नपुगेको बताए ।  उनका अनुसार बैंकहरूबाट ४८ खर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २ खर्ब ६० अर्ब रियल इस्टेट क्षेत्रमा र साढे ३ खर्ब होमलोनमा लगानी भएको छ । कतिपय कम्पनीले कृषिका लागि लिएको कर्जाको केही अंश घरजग्गामा लगाएको आशंकामा राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन जारी गरेको लोहनीको भनाइ छ ।  सहकारीबाट कति कर्जा घरजग्गामा गएको छ भन्ने यकीन तथ्यांक नभएको उनले बताए । ठूला सहकारीले उठाएको डिपोजिटमध्ये ठूलो अंश सञ्चालकहरूले प्रयोग गरेको तर व्यवस्थित रूपमा नगरी बढी रकम घरजग्गामा गरेको देखिएको उनको भनाइ छ । उक्त रकम अन्यत्र लगानी गरेको भए पनि हालको अवस्थाका कारण घरजग्गामा लगानी गरेर यस्तो स्थिति आयो भन्ने भाष्य बनेको उनको तर्क छ । घरजग्गा कारोबार रोकिँदा राष्ट्र बैंकको प्रक्षेपणअनुसार कर्जा प्रवाह हुन नसकेको उनको तर्क छ । आव २०७९/८० मा राष्ट्र बैंकले १३ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने प्रक्षेपण गरेकोमा ३ दशमलव ८ प्रतिशतमात्रै प्रवाह भएको तथ्यांक छ ।  घरजग्गामा वास्तविक कारोबार मूल्यमा नभई सरकारी मूल्यांकनअनुसार रजिस्ट्रेशन गर्ने परिपाटीले सरकारले औपचारिक रुपमा गरिने कारोबारबाट आउने बराबरको राजस्व गुमाइरहेको उनको भनाइ छ । यसको व्यवस्थापनको लागि लाभकर र रजिस्ट्रेशन कर कम गरेर सरकारी मूल्यांकन चार गुणा बढाउनुपर्ने उनको सुझाव छ । कृषियोग्य जमीन संरक्षण गर्ने उद्देश्य राम्रो भए पनि विनातयारी कित्ताकाट रोक्ने निर्णय गरी त्यसको कार्यान्वयन फितलो हुँदा ६ वर्षसम्म घरजग्गा कारोबार ठप्प जस्तै बनेको उनले बताए । ‘यसले विकृति बढ्यो । हामीले त्यही बेला कित्ताकाट रोक्न हतार नगरौं, यो व्यावहारिक हुँदैन भनेका थियौं,’ उनले भने । वर्गीकरण गर्ने भन्दै सरकाले विनायोजना र तयारी कित्ताकाट रोक्दा नापी र मालपोत कार्यालयमा बेथिति र अपारदर्शी कारोबार मौलाएको लोहनीको भनाइ छ ।  घरजग्गा व्यवसायीले ५० हजारभन्दा बढी घर र अपार्टमेन्ट बनाएको उनको भनाइ छ । कुल आवासको १ प्रतिशत मात्रै व्यवस्थित भएकाले अब कम्पनीले मात्रै घर निर्माण गर्न पाउने नियम ल्याउनुपर्नेमा लोहनीले जोड दिए । आव २०७९/८० को बजेटमा घरजग्गा कारोबार दर्ता भएको कम्पनीले मात्रै गर्न पाउने व्यवस्था गरिने उल्लेख भए पनि अझसम्म त्यसलाई कार्यान्वयन गर्ने नियम नबनेको उनको गुनासो छ ।  घरजग्गा कारोबारलाई धितोपत्रको जस्तै अवधारणामा लैजान नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) आवश्यक भएको उनको भनाइ छ । नेपालमा घरजग्गा कारोबार व्यवस्थित हुन नसक्दा यो क्षेत्र बदनाम भएको भन्दै उनले रियल इस्टेटको काम गर्न रियल इस्टेट मार्केट बनाउनुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि सरकारले ऐन बनाइदिनुपर्ने उनको माग छ ।  घरजग्गा कारोबार व्यवस्थित र पारदर्शी नहुँदा क्रेता ठगिनुका साथै सरकारले अर्बौं राजस्व गुमाइरहेको उनको भनाइ छ । घरजग्गा बजार बने यो क्षेत्र पारदर्शी हुनुका साथै ग्राहकले सही मूल्यमा घरजग्गा पाउने, सरकारी राजस्व पनि बढ्ने उनको अपेक्षा छ । ‘ल्यान्ड मार्केट प्रणालीबाट घरजग्गा कारोबार शुरू गरे राजस्व चुहावट र जथाभावी मूल्य बढाउने काम रोकिने तथा माग र आपूर्तिका आधारमा बजारले नै रियल इस्टेटको मूल्य तोक्ने हुन्छ,’ लोहनीले भने । नेपालमा कुल आवासीय जमीन कति हो भन्ने यकीन नभएको तर करीब ५ लाख हेक्टर हुन सक्ने उनको अनुमान छ । यस व्यवस्थित गर्न सके ३ करोड जनसंख्यालाई पर्याप्त हुने लोहनीको भनाइ छ ।  भारतको गुजरातस्थित भुलेरा शहरमा ‘स्मार्ट सिटी’ बन्दै गरेको उदाहरण दिँदै उनले त्यसको ९२१ वर्गकिलोमीटर (काठमाडौं उपत्यका बराबर) मा ९० लाख मान्छे बसाउने योजना रहेको बताए । नेपालको शहरी जनसंख्या १ करोडमात्रै रहेकाले नेपालले ५ लाख हेक्टरमा राम्रो व्यवस्थापन गर्न सक्ने तर त्यसका लागि साना फुटकर र टुक्रे आयोजनाबाट नहुने लोहनीको भनाइ छ ।

विश्वकपमा बेटिङ गराउने गिराेहका एजेन्ट पक्राउ, ८ करोड कारोबार गरेको दाबी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले लमजुङको सुन्दर बजार घर भई काठमाडौंको टोखा बस्दै आएका २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। उनले कमिसनबापत २५ प्रतिशत रकम पाउने लोभमा एजेन्ट बन्दै काम गरेको […]

घरमै इनार र ट्यांकीको व्यवस्थापन गरिए टार्न सकिन्छ खानेपानी अभाव

काठमाडौं । नेपालमा पुग्दो खानेपानी आपूर्ति समस्या मुलुकभरि नै व्याप्त छ ।  अझ खानेपानी अभावको नमुना राजधानी सहर काठमाडौंलाई लिन सकिन्छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रतिवेदनले यहाँको दैनिक खानेपानी माग ४० करोड लिटर माथि रहेको र आपूर्ति १५ करोड लिटर हाराहारी मात्र रहेको देखाउँछ । यसले पनि देखाउँछ खानेपानी अभाव अवस्था । मेलम्ची खानेपानी आयोजना सञ्चालन भएर उपलब्ध हुने पानीले समेत राजधानीको खानेपानी अभावलाई पूर्णतः निर्मूल गर्न नसक्ने तथ्यांक छ ।  अझ करिब परीक्षणकाल सम्पन्न गरिसकेको मेलम्ची परियोजना बाढीपहिरोका कारण पुनः अनिश्चित भइदिँदा राजधानीका बासिन्दा र नयाँ घर बनाउनेहरूले भविष्यमा पानी अभावलाई कसरी धान्ने भन्नेबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।  यस्तो विषम अवस्थालाई झेल्न सहयोगी उपाय हुन सक्छ, घरमा इनार र रिजर्भ ट्यांकीको उचित तरिकाले निर्माण र समायोजन । घर, टोल वा सार्वजनिक जमघटको स्थान नजिकै इनार खन्ने र पिउन तथा अन्य प्रयोजनका लागि चाहिने आवश्यक पानी आपूर्ति गर्ने नेपालको परम्परागत चलन हो ।  खानेपानी अभावलाई सरकारले सुल्झाउन नसकेको र थप विकराल बन्दै गएको अवस्थामा घर बनाउँदै छौं भने इनार खन्ने चलन अझै पनि उपयोगी हुन सक्छ । हुन त विभिन्न अध्ययनले काठमाडौंको भूमिगत पानीको स्रोत घट्दै गएको देखाएको छ ।  तर, विज्ञहरूले भूमिगत पानीको स्रोतलाई पुनभरण (ग्राउन्ड रिचार्ज) को उपाय पनि सुझाएका छन् ।  काठमाडौं उपत्यकाको अधिकांश ठाउँमा इनार खन्ने चलन अद्यापि छ भने निश्चित गहिराइमा पुगेपछि पानीको स्रोत भेटिने गरेको छ ।   काठमाडौंमा बर्खाको समय इनारमा प्रशस्त पानी जम्मा हुने गर्दछ भने सुक्खायाममा प्रतिदिन ठाउँअनुसार ५० देखि १०० लिटरसम्म पानी इनारमा जम्मा हुने गर्दछ ।   सुक्खायाममा जम्मा हुने ५०–१०० लिटर पानी सानै परिवारलाई पनि अपुग हुन्छ ।  यद्यपि घर निर्माण गर्ने समय सकेसम्म अधिक क्षमताको रिजर्भ ट्यांकी बनाउन सके बर्खाको पानी ट्यांकीमा जम्मा गरी सुक्खायाममा केही समयका लागि उपयोग गर्न सकिन्छ ।  विभिन्न अध्ययनले सुझाएअनुसार एक व्यक्तिलाई दैनिक आवश्यक पर्ने करिब ७५ लिटर पानीलाई आधार मान्दा कुनै घरमा २ परिवार गरी ८ जना छन् भने तिनलाई मासिक १८ हजार लिटर पानी चाहिन्छ । यदि उक्त घरमा २४ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी छ भने वर्षायाममा उक्त ट्यांकी भर्न कुनै समस्या हँुदैन ।  सुक्खायाममा इनारमा जम्मा हुने थोरैथोरै पानी र रिजर्भ ट्यांकीमा साँचेर राखिएको पानीलाई किफायत गरी प्रयोग गरिए झन्डै २ महिना धान्न सकिन्छ  ।  इनारमा जम्मा हुने पानी र ट्यांकीमा जगेडा राखिएको पानीले बाहै्र महिना अभाव धान्न नसकिए पनि केही मात्र भए पनि पूर्ति गर्न सक्ने यो उदाहरणले देखाएको छ ।  यसका अलावा सरकारी धाराले साता–दस दिनमै भए पनि केही क्षण आपूर्ति गर्ने पानीलाई समेत जोडेको खण्डमा निजी ट्यांकरबाट महँगोमा खानेपानी किन्नुपर्ने अवस्था हटाउन सकिन्छ । निजी ट्यांकरबाट पानी किन्नुपर्ने अवस्थामा पनि आफ्नो घरसम्म पुग्ने बाटो ठूलो छ भने ठूलो ट्यांकरको पानी खरिद गरे केही सस्तो पर्ने हँुदा खानेपानी जगेडा राख्न ट्यांकी ठूलो राखिनु बुद्धिमानी हुन्छ ।  काठमाडौंमा बिक्री वितरण गर्ने खानेपानी ट्यांकर ७ हजार वा १२ हजार लिटर क्षमतालाई विचार गर्दा घरको रिजर्भ ट्यांकीको क्षमता कम्तीमा १२ हजार लिटर भए खानेपानी सञ्चित गर्न तथा किन्नैपर्ने अवस्थामा पनि धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ । रिजर्भ ट्यांकी भूमिगत निर्माण गर्न मिल्ने र त्यसमाथि पार्किङ वा अन्य आवश्यक निर्माण गर्न मिल्ने भएकाले अतिरिक्त जग्गा चाहिने होइन । त्यसैले घर निर्माण गर्ने समय भविष्यमा पानी अभावलाई कम गर्न सकिने किसिमले रिजर्भ ट्यांकी बनाउनु सही निर्णय हुन सक्छ ।   त्यस्तै, इनार बनाउँदा त्यसको नजिकै पुनभरण (रिचार्ज ग्राउन्ड) का लागि खाली जग्गा, करेसाबारी वा दुबो रोपेर राख्न सकिन्छ । जहाँबाट बर्खामा परेको पानी, घरको छाना वा छतबाट खसेको अतिरिक्त पानीलाई गटर वा पाइपको माध्यमबाट पर्‍याउन सके उक्त पानी इनारमै पुग्ने हुँदा घर वरिपरि उपलब्ध सानै जग्गा उपयोग गरेर इनारमा हुनुपर्ने भुमिगत पानी अवशोषणको माध्यमलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ । सामान्य प्रयासबाट सहरले भोग्दै आएको खानेपानी अभावलाई टार्न आफ्नो तर्फबाट सानै भए पनि भूमिका खेल्न सक्छौं ।

'हटस्पट' काठमाडौं, यसरी समुदायमा फैलिँदैछ कोरोना

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको 'हटस्पट' बन्दै गएको छ। सरकारले औपचारिक रुपमा उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिएको नस्वीकारे पनि अवस्था डरलाग्दो बन्दै गएको छ। अहिले काठमाडौंका दर्जनौं टोलका घर घरमा कोरोना पुगिसकेको छ। एकै परिवारका ५ देखि ७ जना सदस्य पनि संक्रमित भएका छन्।  संक्रमण बढ्दै गए...