काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार ठीक ढंगले चलाएकै कारणले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'नेकपा र सरकारलाई ठीक ढंगले चलाएको हुनाले ममाथि आक्रमण भयो, अहिले पनि आक्रमण भइरहेको छ।'उनले आफूमाथि एक दिन शारीरिक हमला हुनसक्ने बताए। 'एक दिन ममाथि शारीरिक हमला हुन सक्छ। मेरो ज्यान तलमाथि भयो भने तपाईंहरूले अनौठो नमाने हुन्छ' उनले भने। चरणबद्ध रूपमा आफूमाथि आक्रमण भइरहेको